लेखनाथवासीले सडक मर्मत गर्न रुमाल थापेर पैसा उठाउँदै
पाेखरा | चैत १६, २०७९
पोखरा: पोखरा महानगरपालिका २७, ३० र ३१ वडामा पर्ने तालचोक– बेगनासताल सडकखण्ड मर्मत नगरेको भन्दै लेखनाथवासीले पैसा संकलन गरेर मर्मत गर्ने भन्दै सांकेतिक विरोध गरेका छन् ।
आज (बिहीबार) लेखनाथको तालचोकमा शान्तिपूर्ण आन्दोलनको क्रममा स्थानीयहरुले सडक मर्मत गर्न पोखरा महानगरको मेयर र वडाध्यक्ष विरुद्ध नारा लगाउँदै सडक मर्मत गर्न रुमालमा पैसा संकलन गरेका हुन् ।
स्थानीय सुशील बास्तोलाले तालचोक-बेगनासताल सडकखण्डमा खाल्डाखुल्डी भएका कारण दुर्घटनाको उच्च जोखिम रहेको बताए ।
‘तालचोक–बेगनासताल सडकमा खाल्डाखुल्डी बढी भएका कारण दुर्घटनाको उच्च जोखिम छ, बास्तोलाले भने, ‘लेखानाथ बासीले सडक मर्मत गर्न महानगर र वडा कार्यालयसँग माग गरेपनि सुनुवाई नगरेपनि शान्तिपूर्ण आन्दोलन गरेका हौं ।’
उनले आन्दोलनको क्रममा स्थानीयले पैसा संकलन गरेको भन्दै स्थानीयले नै सडक मर्मत गर्ने समेत बताए ।
लेखनाथवासीले महानगर र वडा कार्यालयले सडक मर्मतमा चासो नदिएको भन्दै तालचोकमा बिहान ९ बजेदेखि ११ सम्म शान्तिपूर्ण आन्दोलन गरेका थिए ।
पोखरा: पोखरामा भोलिदेखि छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपक...
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय ...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो ...

